मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Thursday, 19 December, 2024
डा. शास्त्रदत्त पन्त
२o७८ भदौ ३० बुधबार १o:४९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दल विभाजनको राष्ट्रिय समस्या

Read Time : > 2 मिनेट
डा. शास्त्रदत्त पन्त
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार १o:४९:oo

१. आफ्ना मर्का आफैँले बुझिन्छ । आफूलाई दुखेको आफैँलाई थाहा हुन्छ । अर्कोले महसुस गर्न सक्दैन । त्यसकारण जनताको शासन जनताले नै गर्नुपर्छ । तर, हामीले ल्याएको प्रजातन्त्र हामीले चाहेअनुसार भएन । हामी नाट्यशालाका अभिनेता मात्र भयौँ । निर्देशक, उत्पादक र वितरण गर्ने व्यापारी हामी भएनौँ । हिजो पञ्चायतकालमा हामी देशभित्रबाट निर्देशित थियौँ । आज बहुदलीय व्यवस्थामा देशबाहिरबाट निर्देशित छौँ । फरक यत्ति हो । बाहिरी निर्देशनले हाम्रो समाज र दललाई पनि फुटाउने काम गर्‍यो, गरिरहेको छ । 

नेपालका दलमा धेरैखाले गुट र फुटबाट नेपाल लछारिँदै पछारिँदै आएको छ । धेरै चिरा परेको साम्यबादी दलहरू नेकपा भएर एक ठाउँमा आउन आँटेपछि जनतामा जाँगर आयो, दुई तिहाई मत पनि दिए । त्यसमा जनताको मूल चाहना थियो स्थिर र दिगो सरकारको अनि राष्ट्रप्रेमी नेपालीको एकताको । नेपाली जनताले तराई र पहाड जनाउने दल चाहेका छैनन्, जात–धर्ममा आधारित पनि चाहेका छैनन् । संकुचन र साम्प्रदायिक दल पनि खोजेका छैनन् । सिद्धान्तविहीन व्यक्तिपरक पनि खोजेका छैनन् । 

एकजुट भइसकेको नेकपा फुटेर तीन दलमा विभक्त, हुनु जनचाहनाविपरीत छ । यसो हुनुमा ती दलका नेताको नितान्त निजी स्वार्थ नै फुट र गुटको मुख्य कारण हो । देश सेवा गर्न सरकारमा जाने हो भने जो भए पनि कुनै फरक पर्दैन । सिद्धान्तले काम गर्ने हो भने जो सत्तामा गए पनि गर्ने काम एउटै हुन्छ । यस्तो अवस्था आउनुमा दलको सिद्धान्त नहुनु र मूलनीति बनाउन नसक्नु सबै दलको कमजोरी हो । दलको संगठनमा बस्ने र सरकारमा जानेबीच के फरक हुने हो, त्यो निर्धारण कुनै दलमा पनि नहुनु दल झगडाको मुख्य कारण हो । 

. पञ्चायतमा तीन दल थिए । एउटा वैध र दुईवटा अवैध । पञ्चायत वैध थियो । कांग्रेस र कम्युनिस्ट अवैध थिए । तिनताक दलीय व्यवस्थामा व्यक्ति अथवा व्यक्तिवादले प्राथमिकता पाउँदैन, संस्था नै सर्वशक्तिमान हुन्छ भन्ने थियो । तर, ती तीनै दलमा गुट र फुट भएर जन्मिए । पञ्चायतमा दातृरसदेखि लोकरससम्मका आधा दर्जन गुट थिए । खासगरी हरेक पूर्वप्रमले एउटा गुट बनाउँथे, वर्तमानसँग मिलेर बस्नै नसक्ने । त्यस्तै, कांग्रेसमा पनि घोषित अघोषित गरेर दर्जन गुट भए भने साम्यवादीमा त त्यो डेढ दर्जनसम्म पुग्यो । 

जनताले सिद्धान्तका आधारमा दल खोजेका छन्, नेताले दल व्यक्तिका आधारमा उभ्याएका छन् । व्यक्तिकै कारण एमाले फुट्यो । व्यक्तिकै कारण राप्रपा फुट्यो ।
 

३. २०३७ सालदेखि २०५६ सालसम्म भएका निर्वाचनमध्ये २०३७ मा सम्पन्न जनमतसंग्रह, दुईवटा राष्ट्रिय पञ्चायतका लागि भएका आमनिर्वाचन र तीनवटा संसद्का लागि भएका आमनिर्वाचनलाई विश्लेषण गर्दा दल निर्माण र दल विभाजनको क्रम यस देशका जनताको जन चाहनाविपरीत भएको छ । जनताले सिद्धान्तका आधारमा दल खोजेका छन्, नेताले दल व्यक्तिका आधारमा उभ्याएका छन् । व्यक्तिकै कारण एमाले फुट्यो । व्यक्तिकै कारण राप्रपा फुट्यो । 

४. जनताको इच्छा त्रिदलीय व्यवस्था रहोस् भन्ने पाइन्छ । यो विचार २०३० सालतिरै जन्मेको हो र आजसम्म यथावत् छ । साम्यवादी, पुँजीपति र मिश्रित अर्थात् नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी । नेपालमा दर्ता भएका १ सय २० जती दल यिनै तीन दलमा अटाउन सक्छन् । यी तीन दलबाहेकका दल जनइच्छाभित्र पर्दैनन्, जनसरोकारभित्र पर्दैनन् । तीनवटा दल सिद्धान्तमा अटाउन सक्छन् बाँकी अटाउन सक्तैनन् । किनकि, उनीहरूको छुट्टै राजनीतिक सिद्धान्त छैन । तीनभन्दा बढी दल भनेको राजनीतिबाट साम्प्रदायिकतातिर उन्मुख हुनु हो । 

५. नेपालमा दल विभाजन गर्ने दुईवटा तत्व छन् । एउटा, दलमा नेताहरूको नितान्त व्यक्तिगत स्वार्थ तथा अर्को हो विदेशी शक्ति र स्वार्थ । एमालेलाई विदेशी शक्तिले टुक्र्याएको हो भने राप्रपालाई नितान्त निहित स्वार्थले । ०४६ सालमा नेका दुईवटा विदेशी भरियाको बुई चढेर नेपाल पस्यो । एउटा भरिया भारत थियो भने अर्कोचाहिँ पश्चिमी पुँजीपतिको संयुक्त सहयोगको क्रिस्चियन मिसन । आज यिनै दुईवटा शक्ति नेपालभित्रै बसेर दलफोड राजनीतिमा लागेर नेपाललाई कंगाल पारिरहेका छन् । 
. २०५४ को आमचुनावपछिको विश्लेषणले के देखाएको छ भने एमाले विभाजनले एमालेलाई सत्तामा पुग्ने अन्तिम सिँढीबाट एक सिँढी मात्र तल झारेको थियो । यसपालि सत्तामा लैजाने जनचाहनाबाट एमाले र जनता दुवै वञ्चित हुनुपरे पनि एमालेलाई अर्को एउटा फाइदा भएको छ । त्यो के भने दलभित्र रहने तुष, उद्दण्ड प्रवृत्ति र अनुशासनबाहिरका साम्यवादी मण्डलेहरू र विचार अस्थिर समूह बाहिरिएका छन् । एमालेलाई सङ्लिन सजिलो भएको छ ।