१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको विधान पारित, २२ सदस्यीय निर्वाचन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o७:oo

नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले सुझाबहरू समेटेर विधान पारित गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए। यसअघि माओवादी केन्द्रीय समिति बैठकले विधानलाई टुंगो लगाउने जिम्मा स्थायी समितिलाई दिएको थियो। आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले उक्त विधान अनुमोदन गर्नेछ। 

बैठकले पार्टीको निर्वाचन आयोग गठन गरेको छ। विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन समिति गठन गर्दै निर्वाचन प्रक्रियाका विधिहरू तय गर्ने जिम्मेवारी दिएको छ। आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ । बैठकमा लेखा समिति र पार्टी अनुशासन आयोगको बारेमा समेत छलफल भएको छ । 

यस्तै, विभिन्न समयमा माओवादी केन्द्रमा समाहित भएका विभिन्न पार्टी र व्यक्तिको समायोजन गर्नेबारे बनेको समितिले समेत आफ्नो प्रतिवेदन बुझाएको छ । वर्षमान पुन, गिरिराजमणि पोखरेल, श्रीराम ढकाल रहेको समितिले बुझाएको प्रतिवेदनबारे अर्को बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ । बैठकमा अध्यक्ष पुष्पकलम दाहालले एमसिसीलगायत समसामयिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए । 

ad
ad