१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै दायर मुद्दा हेर्न नमिल्नेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १४:३२:oo

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले दर्ता गराएको रिट हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा पुगेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।
 

ad
ad
ad
ad