Skip This
कर्णाली राजमार्ग अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १३:३३:oo

निरन्तरको वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको कालिकोट सडकखण्डको हुल्म र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

कर्णाली राजमार्गको दहीखोला र गगनेखोलामा ठूलो पहिरो आएका कारणले सडक खुलाउन थप केही समय लाग्ने  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर ओलीले बताए।

माथिबाट ठूल्ठूला ढुंगासहित पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।