मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २५ शुक्रबार o९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र एमसिसी उपाध्यक्षबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o९:४७:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । सुमारसहित एमसिसीको प्रतिनिधिमण्डल शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।

भेटमा अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउँदै देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गरे।

उपाध्यक्ष सुमारले आफू नेपाललाई कुनै दबाबका लागि नभई एमसिसीबारे स्थिति बुझ्न आएको बताइन्। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै उनले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको धारणा राखिन्।

बिहीबार काठमाडौं आएकी सुमारले पूर्वप्रधानमन्त्री केपी ओली,  जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग  बिहीबार नै भेटवार्ता गरेकी थिइन्।