१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७८ भदौ २५ शुक्रबार o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकारी मेडिकल कलेज नभएका प्रदेशको सम्भाव्यता अध्ययन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o८:३६:oo

सरकारी मेडिकल कलेज नभएका पाँच प्रदेशमा कलेज खोल्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार पाँच प्रदेशमा परिपत्र गरेका छन् ।

मेडिकल कलेज नभएका पाँचवटा प्रदेशमा एमबिबिएस कार्यक्रमसहित मेडिकल कलेज स्थापनाका लागि आवश्यक भौतिक तथा प्राज्ञिक पूर्वाधारसहितको पूर्ण प्रतिवेदन पेस गर्न स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश १ का लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ मा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा परिवार कल्याण मन्त्रालय र कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।