१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २३ बुधबार १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगानी अभावमा लक्ष्यअनुसार काम हुन सकेन : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार १४:o३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन्।  बुधबार लगानी बोर्ड नेपालको १०औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताए। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको उनको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताए। निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकोले अब सार्वजनिक–निजी–साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने प्रस्ट्याए। 

‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धिको यात्रातर्फ बढेका छौँ, नेपालले ०२३–०२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र ०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रूपमा रूपान्तरित हुने नीति राखेको छ र दिगो विकासको नीति लिएको छ, त्यसैले यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ, तर अहिले वार्षिक रूपमा नेपालमा ६ अर्ब डलर वित्तीय रिक्तता छ, साथै बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा अवरोधलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरेर लगानीमा सहजीकरण गरिरहेको छ,’ उनले भने।