मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Tuesday, 01 September, 2026
२o७८ भदौ २३ बुधबार ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अल्पमतको सरकारमा मन्त्रिपरिषद् विस्तार गर्दै शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार ११:४३:oo

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको अल्पमतको सरकारमा मन्त्री थप्ने भएकी छिन्। नेकपा एमाले विभाजनपछि बागमतीमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अल्पमतमा परेको शाक्य नेतृत्वको सरकारमा आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको हो । एक सय नाै सांसद रहेको बागमतीमा बहुमतका लागि ५५ मत आवश्यक पर्छ। एमालेमा ५६ सांसद हुँदा एकल बहुमतको सरकार बने पनि १३ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी हुन्। 

शाक्य आफैँले एक महिनाभित्र विश्वासको लिनुपर्ने अवस्थामा बुधबार ६ मन्त्री र चारजना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। बुधबार नै मन्त्री र राज्यमन्त्री नियुक्त गरेर शपथग्रहण गराउने तयारी रहेको एमालेका सचेतक दीपक निरौलाले जानकारी दिए।

मन्त्रीमा चन्द्र लामा, प्रदीप कटुवाल क्षेत्री, रचना खड्का, विजय सुवेदी, शान्तिप्रसाद पौडेल र डा. अजयक्रान्ति शाक्यलाई आजै नियुक्तसँगै शपथ गराउने तयारी छ। राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, जीवन खड्का, बद्री मैनाली र सरस्वती बाटीलाई नियुक्त गर्ने एमाले स्रोतले जनाएको छ। मन्त्री र राज्यमन्त्री नियुक्तको सन्दर्भमा १२ बजेबाट एमाले संसदीय दलको बैठक बस्ने सचेतक निरौलाले जानकारी दिए। 

यसअघि २ भदौमा शाक्य मुख्यमन्त्री बनेसँगै केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकासमन्त्री र कृष्ण खनाललाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरिएको थियो। खनालले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए।