मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २१ सोमबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले गर्‍यो गृहमन्त्रीको पुत्ला दहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १७:२९:oo

सत्तागठबन्धनभित्रको नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ। गृहमन्त्री खाणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले सोमबार उनको पुत्ला दहन गरेको हो।

अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरूको आयोजनामा नेपाल कमर्स क्याम्पस मीनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा नाराबाजीसहित एमसिसी सम्झौताको पनि चर्को विरोध भएको छ। विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहविरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्दै प्रश्न गरे। उनले गृहमन्त्री खाणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालेकाे जिकिर गरे।

प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसिसी सम्झौता पारित गर्न पहल गरेको भन्दै उनले एमसिसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, ‘हामी बालकृष्ण खाणलाई सोध्न चाहन्छौँ– हिजो राजाको विरुद्धमा लड्दै गर्दा, हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद् भत्काए भन्ने बालकृष्ण खाणलाई यो कुनचाहिँ प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईंलाई आँट आयो ?’

प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, एमसिसी खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देलगायतका नाराबाजी भएको थियो।