Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ २१ सोमबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० घन्टापछि खुल्योे अरनिको राजमार्ग

Read Time : < 1 मिनेट
२०७८ भदौ २१ सोमबार १४:४५:००

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब १० घन्टापछि यातायात सञ्चालनमा आएको छ।

पुलबजार डुबानमा परेको कारण आज सोमबार बिहान २ बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहाव कम भएसँगै यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ। आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुन्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेको थियो।

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेका यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।