मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ २० आइतबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १४:२९:oo

कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ। कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।

आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रूपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान सञ्चालनमा ल्याइएको स्पष्ट पारे। कीर्तिपुर नगरपालिकाले मानिसहरूको भिडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान सञ्चालनमा ल्याउनुपरेको पनि स्पष्ट पारेको छ।

त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ। सक्नेले दिने र नसक्नेहरूलाई निःशुल्क रूपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए। उनले भने, ‘कीतिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौँ । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरूमा, कार्यस्थलहरूमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौँ ।’