नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले दसैँको अवसरका लागि ‘दसैँका वेला हिरोको मेला’ नामक नयाँ योजना ल्याएको छ ।
योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद उपहार पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ नगद पाउने योजना ल्याएको कम्पनीले जनाएको छ ।
यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।