१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १९ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ १९ शनिबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुद्ध एयरको  पोखरा–सिमरा  उडान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १९ शनिबार o८:११:oo

पर्यटकीय केन्द्र पोखरालाई हब बनाएर प्रादेशिक (क्षेत्रीय) उडानमा आक्रामक ढंगले लागेको बुद्ध एयरले नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु गरेको छ । बुद्ध एयरले भदौ १६ गतेदेखि आइतबार, बुधबार र शुक्रबार नियमित उडान सुरु गरेको हो । बुद्धले सातामा तीन दिन पोखरा–सिमरा उडान गर्ने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

गण्डकी प्रदेश र २ नम्बर प्रदेशबीच सीधा उडानले दुवै प्रदेशलाई नजिक ल्याएको पर्यटन व्यवसायीले बताएका छन् । बुद्धको पोखरा–सिमरा उडानले पूर्वी नेपालका स्थानीय र सीमावर्ती भारतीय सहरका पर्यटकलाई पोखरा, मुक्तिनाथ, अन्नपूर्णलगायत गन्तव्यमा घुमफिर गर्नका लागि यात्रा सहज बनाएको छ । पोखरा–भैरहवा उडानले भारतीय पर्यटकको आवागमन बढाउने र आन्तरिक पर्यटनमा पनि सघाउ पुर्‍याउने बुद्ध एयरको विश्वास छ ।

यो उडानबाट दुवै प्रदेशका जनता लाभान्वित हुनेछन् । र, दुवै ठाउँका पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपहल बढ्ने बुद्ध एयरले जनाएको छ । यस्तै, देशकै ठूलो औद्योगिक करिडोर बारा–पर्सामा व्यापारिक गतिविधि बढाउन पनि उडानले सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

बुद्ध एयरले उपत्यकाबाहिर पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको छ । बुद्धले भरतपुर र भैरहवालाई पनि हवाई सम्पर्कबाट जोडेको छ ।

बुद्धले यही साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरु गरेको हो । बुद्ध एयरका प्रवक्ता कर्णका अनुसार आइतबार, बुधबार र शुक्रबार भरतपुर–भैरहवा उडान हुनेछ । बुद्धले १८ सिट क्षमताको बिचक्राफ्ट १९०० डी जहाजबाट क्षेत्रीय उडानहरू गरिरहेको छ । 

बुद्धले पोखराबाट नेपालगन्ज उडान साउन १६ गतेदेखि सुरु गरेको हो । सुरुमा हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडानतालिका बनाए पनि यात्रुको चाप बढेपछि सोमबार र बिहीबार पनि उडान थपेको कर्ण बताउँछन् । यो उडानले पोखरा–नेपालगन्ज १४ घन्टा लामो बसको झन्झटपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । अहिले १८ सिटको बिचक्राफ्ट पोखरा–नेपालगन्ज उडान गरिरहेको बुद्धले पर्यटकीय गतिविधि बढ्न थालेपछि ठूलो जहाजबाट पनि उडान गर्ने तयारी छ । 

बुद्ध एयरले अहिले काठमाडौंबाट भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढी, सिमरा, जनकपुर, राजविराज, विराटनगर, तुम्लिङटार र भद्रपुरमा नियमित उडान गरिरहेको छ ।

ad
ad
ad
ad