Skip This
कोपा अमेरिका २०२४ : पेनाल्टी स्पेसलिस्ट मार्टिनेज चम्किँदा इक्वेडरलाई निराश बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

कोपा अमेरिका २०२४ : पेनाल्टी स्पेसलिस्ट मार्टिनेज चम्किँदा इक्वेडरलाई निराश बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १२:३८:oo

पेनाल्टी स्पेसलिस्ट इमिलियानो मार्टिनेज चम्किएपछि इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

कप्तान लियोनल मेसी पेनाल्टी सुटआउटमा चुके पनि मार्टिनेजले इक्वेडरका दुई खेलाडीको पेनाल्टी प्रहार उत्कृष्ट ढंगले रोकेपछि अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो।

नेपाली समयअनुसार शुक्रबार बिहान अमेरिकाको एनआरजी मैदानमा भएको खेल निर्धारित ९० मिनेटभित्र १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले अघि रह्यो।

कोपा अमेरिकामा निर्धारित समयको खेल बराबरीमा भए सीधै पेनाल्टी सुटआउटबाट निर्णय लिने गरिएको छ। अब, सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

साबिक विजेता अर्जेन्टिनाका कप्तान मेसीको पेनाल्टी प्रहार बारमा लागेर बाहिरिएको थियो । अर्जेन्टिना टाइब्रेकरमा १–० ले पछि परेका वेला मार्टिनेजले इक्वेडरका एन्जल मेनाको पेनाल्टी प्रहार बचाए। त्यसपछि जुलियन अल्भारेजले गोल गर्दै खेलमा अर्जेन्टिनालाई अग्रता दिलाए। 

दोस्रो पेनाल्टी प्रहार गर्न आएका इक्वेडरका एलान मिन्डाको प्रहार पनि मार्टिनेजले रोक्दै अर्जेन्टिनालाई बलियो अवस्थामा पुर्‍याए। त्यसपछि अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टियल र निकोलस ओटामेन्डीको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिना विजयी भयो।

त्यसअघि निर्धारित ९० मिनेटमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिगुइजले बराबरी गोल गरेका हुन् ।

ad
ad
ad
ad