मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १८ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतको ४२ अर्ब अनुदान

Read Time : < 1 मिनेट
२०७८ भदौ १८ शुक्रबार १६:४३:००

नेपालका सांस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ सांस्कृतिक सम्पदा र एक सय तीन स्वास्थ्य परियोजना पुनर्निनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ (भवन)ले हस्ताक्षर गरेका छन्।

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंशल र इकाइका परियोजना निर्देशक श्री श्यामकिशोर सिंहको उपस्थितिमा शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेमा एक सय तीन स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि सम्झौता भएको हो।