१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Sunday, 29 September, 2024
२o७८ भदौ १८ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा पनि विद्यालय खुल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार ११:४९:oo

दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागू गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीका अनुसार कोरोनाको महामारी घट्दै गएकाले आगामी सातादेखि सबै खालका विद्यालय खोल्ने निर्णय भएको हो। कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय भौतिक रूपमा सञ्चालनमा आउन सकेका थिएनन्।