मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७८ भदौ १५ मंगलबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाकामा सहजता,  मुख्य नाकाबाटै आवतजावत गर्न थाले पैदल यात्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ भदौ १५ मंगलबार १७:५२:००

महोत्तरीको मुख्य नाका रहेको मलिबारा भिट्ठामोड नाकामा नेपाली यात्रुहरू सहजतासाथ आवतजावत गर्न थालेका छन्। भारतीय सुरक्षा बल (एसएसबी)ले यात्री मुख्य नाकाबाट नेपालीलाई आवतजावत गर्न दिएपछि सहजता भएको हो।

मलिवारा भिट्ठामोड नाका नेपालतर्फबाट पहिले नै खुला गरिए पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई आवतजावत गर्न दिएका थिएनन्। कोरोनाको पहिलो लकडाउनदेखि नै एसएसबीले नाका बन्द गरेपछि नेपालीहरू दैनिक घुँडा डुब्ने हिलो र असहज बाटो भएर आवतजावत गरिरहेका थिए।

प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरीको काउन्टर पार्टसँगको विभिन्न समयमा नाकामा यात्रीको सहजताको प्रयासस्वरूप भएको समन्वय र जलेश्वर नगरपालिका– ३ का वडाध्यक्ष सञ्जय पाण्डेयको नेतृत्वमा सीमामा भएको दुई दिनको शान्तिपूर्ण धर्नापछि एसएसबीले यात्रीलाई ज्वरो जाँचको पुर्जा देखाएपछि मुख्य नाका भएर नै आउजाउ गर्न दिएको हो।