१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ १५ मंगलबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालले अंग्रेजलाई हराएको उल्लासमा पाल्पामा २०३औँ भगवती जात्रा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार ११:५५:oo

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पामा भगवती जात्रा (रथयात्रा) मनाइँदै छ। पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ। यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने भएको छ। 

परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएको छ भने भिडभाड हुने भएकाले सर्वसाधारणलाई पूजा गर्न निषेध गरिएको छ। रथलाई तीनपटक मन्दिर परिक्रमा गराउने र नेपाली सेनाले सलामी दिने कार्यक्रम मात्रै तय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताए।

अघिल्लो वर्ष पनि कोरोना महामारी कारण परम्पराको निरन्तरताका लागि भगवती जात्रा मनाइएको थियो। सुरुवातदेखि नै भगवतीको रथ तानसेन बजारका विभिन्न स्थानमा करिब ४ घन्टा परिक्रमा गराइन्थ्यो। 

वि.सं. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी किल्ला विजय गरेको थियो। यही किल्ला जितेको सम्झनामा वि.सं. १८७७ देखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रूपमा मनाइँदै आएको छ। भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्बिनी प्रदेश सरकारले रथयात्राका दिन सार्वजनिक बिदा घोषणा गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रकाशित गरेको पर्व एवं बिदा उल्लेख गरिएको राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक बिदा दिने उल्लेख  छ।