१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ १४ सोमबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १४ सोमबार १o:२६:oo

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक बसेको छ । केहीबेर अघि बालुवाटारमा बसेको बैठकले सहमति जुटे मंगलबार, नभए बुधबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गर्ने जनाइएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको बुधबार ५० दिन पुग्छ ।

तर, सत्तागठबन्धनबीच कसले कति र कुन मन्त्रालय पाउने भन्ने अझै सहमति जुटिसकेको छैन । कांग्रेस र माओवादीले संसद् संख्याका आधारमा मन्त्रालय बाँडफाँडलाई मापदण्ड बनाउन कोसिस गरेका छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले आफूहरूको पनि सरकारमा सम्मानजनक सहभागिता खोजिरहेका छन् । मन्त्रालयको बाँडफाँड टुंग्याउन गठबन्धनका लागि सहज छैन । त्यसबाहेक मन्त्रीका आकांक्षी धेरै भएकाले दलहरूभित्र पनि तनाव छ । 

ad
ad
ad
ad