१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ११ शुक्रबार १९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काबुलबाट उद्धार भएका ११ नेपाली दिल्ली आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १९:४७:oo

अफगानिस्तानको काबुलबाट उद्धार भएका ११ नेपाली भारतको नयाँदिल्ली आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार नयाँदिल्ली आइपुगेका हुन् । 

काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली नागरिकलाई विभिन्न ठाउँबाट एकीकृत गरी काबुल विमानस्थलनजिक राखिएको छ। विमानस्थलबाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका उक्त नेपाली नागरिकलाई विमानसम्म पुर्‍याउनका लागि विभिन्न तहमा समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । 

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको  पनि मन्त्रालयले जनाएको छ । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएका व्यक्ति तथा परिवारले  कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नाम दर्ता गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।