मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ६ आइतबार
  • Tuesday, 17 December, 2024
एजेन्सी वासिङ्टन
२o७८ भदौ ६ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलमा आइएसको हमला हुन सक्ने अमेरिकाको चेतावनी

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७८ भदौ ६ आइतबार १४:५१:oo

अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थलनजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न सचेत गराएको छ।

उसले सम्भावित आक्रमणको विषयमा थप जानकारी भने नदिएको बिबिसीले जनाएको छ। हालसम्म आइएसले पनि सार्वजनिक रूपमा हमलाको धम्की दिएको छैन। अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि काबुल विमानस्थलमा अफगानिस्तान छाड्न चाहनेहरूको भिड बढिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो।

यसैबीच, जर्मनी र स्विजरल्यान्डले पनि काबुल विमानस्थलमा खतरा बढेको जनाएका छन्। जर्मनीले विमानस्थल निकै खतरनाक बनेको भन्दै त्यहाँभित्र पुग्न झन्डै असम्भव रहेको जनाएको छ। स्विस विदेश मन्त्रालयले पनि पछिल्लो समय यहाँको सुरक्षास्थिति निकै बिग्रिएको बताएको छ।