मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Wednesday, 17 September, 2025
२o७८ भदौ ५ शनिबार १५:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनैपूर्णिमामा क्वाँटीकाे व्यापार ह्वात्तै घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार १५:२६:oo

जनैपूर्णिमाको रातमा खाइने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरूले बताएका छन्। जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरूले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन्।

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताए। क्वाँटी तागत दिने खानेकुरा भए पनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाइ छ। तुलाधरले भने,‘व्यापार यसपालि त्यति छैन । धेरै कम छ । क्वाँटी वर्षमा एकपटक खानैपर्ने हो । तर, यसको व्यापार कम छ ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरूले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए। उनले कोहीकोही बूढाबूढीले जनै लगे पनि युवाहरू धेरैले यसलाई लगाउन नै छाडिसकेको अनुभव सुनाए। न्यौपानेले १५ र २५ रुपैयाँदरका जनै व्यापार गर्ने गरेका छन्। तर, ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ।