मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ५ शनिबार o६:४९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काबुलबाट फर्किए चार सय ७० नेपाली, उद्धारका लागि तीन सय १० जनाले टिपाए विवरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार o६:४९:oo

अफगानिस्तानबाट उद्धार भएर शुक्रबार साँझसम्म चार सय ७० नेपाली स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै दुईवटा उडानबाट एक सय ७४ जना स्वदेश फर्केका हुन् । काबुल छाडिसकेका करिब हजारजना नेपालीमध्ये पाँच सय ३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा पारगमन (ट्रान्जिट) र क्वारेन्टिनमा छन् । 

‘थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार भई स्वदेश आउनेमा विभिन्न कूटनीतिक नियोग तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू हुनुहुन्छ ।’ 

आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूलाई स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको परराष्ट्रले जनाएको छ । 

तीन सय दशजना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन् । ‘यो संख्या शुक्रबार साँझसम्म दर्ता भएकाहरूको हो । तर, नाम दर्ता गरेका सबै काबुलमा हुनुहुन्न, कतिपय फर्किंदै हुनुहुन्छ, कतिपय फर्किसक्नुभएको छ,’ परराष्ट्रका अधिकारीले नयाँ पत्रिकासँग भने ।

परराष्ट्रका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त विवरण तथा परराष्ट्रकै ‘सिचुएसन रुम’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरेर सूची तयार गरिएको छ । ‘उक्त समूहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उहाँहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ,’ परराष्ट्रले भनेको छ ।