मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ४ शुक्रबार २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउँछौँ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार २o:o५:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिब डेढ महिनाभित्र कार्यान्वयनमा ल्याइछाड्ने प्रतिबद्धता जनाएकी हुन्  ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि विद्युत् प्राधिकरणसँग आफूहरूले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अब विद्युत् नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन् । मन्त्री भुसालले भनिन्, ‘२० युनिटसम्म विद्युत् बाल्ने कति छन् भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागेँ । त्योचाहिँ अहिले विद्युत् प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे पाँच लाख घरपरिवार रहेछन् । उनीहरूलाई २० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन मैले नेपाल विद्युत् प्राधिकरणको सामाजिक उत्तरदायित्व फन्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएकी छु । प्रतिघरपरिवारको सरदर पाँचजना सदस्यका दरले करिब एक करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय गराएकी छु । त्यो विद्युत् नियमन आयोगले निर्णय गरेपछि करिब डेढ महिनाभित्र कार्यान्वयनमा आउँछ ।’

मन्त्री भुसालले गरिबी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन् । उनले गरिबी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरू आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहोर्‍याइन् ।