१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित जसपा लोकतान्त्रिक : ठाकुर अध्यक्ष, महतो वरिष्ठ नेता, २४ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १८:२३:oo

महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)मा एक अध्यक्ष, एक वरिष्ठ नेतासहित २४ सदस्यीय केन्द्रीय कमिटी रहने भएको छ । ठाकुर अध्यक्ष, राजेन्द्र महतो वरिष्ठ नेता र २२ नेता केन्द्रीय सदस्य रहने गरी नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । 

ठाकुर पक्षले जनता समाजवादी पार्टीको आधिकारिकता दाबी गर्दै आए पनि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालतसमेत गएको थियो । तर, सर्वोच्चले ठाकुरको मागबमोजित अन्तरिम आदेश दिएन । 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्ने बाटो खुलेको हो । 
यी हुन् प्रस्तावित जसपा लोकतान्त्रिकका केन्द्रीय नेता