नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ओली सच्चिएर आए जहिले पनि एकता हुन सक्ने बताएका छन् । अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली सच्चिएर आए एकताका लागि तयार रहने बताएका हुन्।
उनले कार्यकर्ताहरूलाई संगठन गर्नसमेत निर्देशन दिए। उनले ओली अहंकारको घोडामा सवार भएर आफूलाई सर्वाधिकारसम्पन्न भएको ठान्दा समस्या आएको बताए। ओली एउटा सानो गुटको नेतामा मात्रै सीमित भएको नेपालको आरोप छ। प्रधानमन्त्री बनेपछि ओलीमा झन्–झन् दम्भ बढेको उनको टिप्पणी थियो। ओलीका कारण पार्टीले भोगेको क्षति पूरा गर्न लामो समय लाग्ने उनले बताए।