१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २९ शुक्रबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्काई वाक टावर परियोजनामा निफ्राले कर्जा लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार o७:५o:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ । देशको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माण हुन लागेको ‘स्काई वाक टावर’का लागि ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो । 

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीको ‘स्काई वाक टावर’ ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापहरूका लागि व्यवस्थासहितका पूर्वाधारहरू रहने जनाइएको छ । देशकै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य सिसाको सतहबाट अवलोकन गर्न सकिने यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा आकर्षित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । 

धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौताअनुरूप निर्माण हुन लागेको यस परियोजनाले देशको पूर्वी क्षेत्रको मुख्य पर्यटकीय स्थलका रूपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन मद्दत गर्ने जनाइएको छ । 

ad
ad
ad
ad