मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १९:१२:००

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरेका छन् । सो निर्देशिकालाई सहमहामन्त्री डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालसहित निर्वाचन समितिले अन्तिम रूप दिएको थियो ।

उपसभापति विमलेन्द्र निधिले अन्य राजनीतिक दल समायोजन समितिले अहिलेसम्म गरेको निर्णयहरूको विवरण बैठकमा राखेका छन् । त्यस्तै, केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता छानबिन समितिले गरेको कार्यसम्पादन र प्रतिवेदनमा उल्लेख भएको विवरण प्रस्तुत गरेका छन् । 

बैठकमा महाधिवेशनको कार्यतालिका नै प्रस्तावको रूपमा पेस गर्ने तयारी रहेको बताइएको थियो । तर, बिहीबारको बैठकमा कार्यतालिकामाथि छलफल भएको छैन । 

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन र अन्य राजनीतिक दल समायोजन समितिले गरेका निर्णयहरूमाथि छलफल सुरु भएको जानकारी दिए । 

‘यो बैठकले पार्टीको आन्तरिक जीवनको विषयमा घनीभूत छलफल गरेर सहमति र एकताको माध्यमबाट एउटा निष्कर्ष दिनेछ, अर्कोतिर सत्तारुढ भइसकेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक भएकाले सरकार सञ्चालन र सरकारका प्राथमिकताबारे समेत छलफल हुनेछ,’ उनले भने ।