मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्री भन्छन्– असोजसम्म थप एक करोड दुई लाख डोज कोभिड भ्याक्सिन आउँछ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार १६:५५:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप एक करोड दुई लाख डोज कोभिड भ्याक्सिन आउने दाबी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड आठ लाख ६० हजार एक सय ७० मात्रा कोभिड भ्याक्सिन प्राप्त भएको जानकारी दिए । 

उनले असोज मसान्तसम्म एक करोड दुई लाख डोज प्राप्त हुने र माघ मसान्तसम्ममा तीन करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । माघ महिनासम्ममा पाँच करोड २३ लाख मात्रा उपलब्ध हुने पनि उनले बताए । उनले भने, ‘हालसम्म प्राप्त भइसकेको एक करोड आठ लाख ६० हजार एक सय ७०, प्रक्रियामा रहेको खोप तीन करोड ३६ लाख ७१ हजार नौ सय ५०, जसमध्ये असोज मसान्तसम्म एक करोड दुई लाख प्राप्त हुने, माघ मसान्तमा तीन करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपूर्ति हुने अनुमान पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई पाँँच करोड ५० लाख डोज खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख डोज खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए । उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गरे । 

वर्तमान सरकारले दैनिक एक लाख ५० हजारदेखि दुई लाखसम्म खोप लगाएको उनले बताए । उनले भने, ‘नेपाली जनतालाई कुल पाँच करोड ५० लाख खोप आवश्यकता छ । पूर्ववर्ती सरकारको पालामा ९७ लाख डोज खोप प्राप्त गरी असार अन्तसम्म ४२ लाख खोप मात्र जनतालाई उपलब्ध गराइएको थियो । नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले खोपलाई अभियानको रूपमा प्रत्येक दिन एक लाख पचास हजारदेखि दुई लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्तसम्म भुटानबाट प्राप्तसमेत एक करोड आठ लाख प्राप्त हुने सुनिश्चित भएको छ । सुनिश्चित भएअनुसार नेपाली जनतालाई कमसेकम ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रमहरू राखिएको छ ।’

उनले विगत एक हप्ताको आँकडाअनुसार कोभिड– १९ संक्रमणदर बढेकाले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन पनि अपिल गरे । श्रेष्ठले हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १९ पुगेको पनि जानकारी दिए ।