मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२३ साउनमा ४४ ग्राम लागुऔषधसहित पक्राउ परेका मञ्जु धिमाल र विमला धिमाल। तस्बिर : नयाँ पत्रिका
२०७८ श्रावण २८ बिहीबार १३:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारीको नयाँ शैली, प्रहरीलाई थपिँदै चुनौती

Read Time : > 1 मिनेट
२०७८ श्रावण २८ बिहीबार १३:०३:००

घटना– १
२३ साउनमा झापा गौरीगन्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक– १ का २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल पक्राउ परे। भारतबाट लागुऔषधसहित नेपाल भित्रिएका उनीहरूलाई राति ९ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।

तर, लागुऔषध कारोबारीमा उनीहरूले प्रयोग गरेको नयाँ शैली देखेपछि प्रहरी अचम्मित भयो। मञ्जुले आफ्नो यौनांगभित्र प्लाष्टिकमा ४४ ग्राम ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयास गरेकी थिइन्। जुन झापामा पहिलो घटना रहेको प्रहरीको भनाइ छ। मञ्जुले यौनांगमा राखेको लागुऔषध निकाल्नका लागि प्रहरीले स्थानीय खजुरगाछी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको प्रयोग गर्नुपरेको थियो।

घटना–२
३ साउनमा झापा गाउँपालिका स्थित नेपाल–भारत सीमामा टाघनडुब्बा बिओपीबाट खटिएको सशस्त्र प्रहरीको ३ दशमलव ३ ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राय गर्‍यो। पक्राउ पर्नेमा झापा गाउँपालिका– ६ का कमानसिंह लिंगखा र झापा– ७ का मिलन राई थिए।

सीमावर्ती क्षेत्रमा जाल बोकेर माछा मार्ने बहानामा भारत प्रवेश गरेका उनीहरूलाई सशस्त्र प्रहरीले निगरानी गरेको थियो। साँझ मात्र फर्किएपछि प्रहरीले उनीलाई जाँच गर्ने क्रममा लागुऔषध फेला पार्‍यो। दुवैजनाले मलद्वारमा टेपले टाँसेर लागुऔषध ल्याएको प्रहरीले जनाएको छ। मलद्वारमा टेपले टाँसेर लागुऔषध लयाएको यो घटना पहिलो भएको प्रहरीले जनाएको छ।

माथिका दुई दृष्टान्त त केही उदाहरण मात्र हुन्। पछिल्लो समय झापामा लागुऔषध कारोबारीले नयाँ शैली अपनाउन थालेका छन्। लागुऔषध नियन्त्रणमा झापामा प्रहरीले सक्रियता देखाएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पनि दैनिकजसो लागुऔषध कारोबारीलाई पक्राउ गर्दै आएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता देखाएसँगै लागुऔषध कारोबारीले पनि नयाँ–नयाँ शैली अपनाउन थालेका छन्। जसका कारण प्रहरीलाई लागुऔषध नियन्त्रणमा थप चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए। ‘लागुऔषध प्रयोगकर्ताले नयाँ–नयाँ शैली अपनाउँदै आएका छन्। संवेदनशील अंगमै राखेर ल्याउनुले यसको पुष्टि पनि गर्छ। जसका कारण हामीलाई थप चुनौती हुँदै गएको छ,’ उनी भन्छन्, ‘खुला नाका भएका पनि हामीलाई नियन्त्रणमा समस्या भएको छ। तर, सशस्त्र प्रहरीको पनि सहयोगमा हामीले नियन्त्रणको प्रयास गरिरहेका छौँ।’

उनका अनुसार विगतमा लागुऔषध कारोबारीले शरीरका विभिन्न भागमा राखेर ल्याउने गरेका थिए। उनीहरूले शरीरका भित्री वस्त्र, जुत्ता र सवारीसाधनको विभिन्न ठाउँमा लुकाएर ल्याउने गरेको डिएसपी थापाले बताए। सीमावर्ती नदीमा पौडी खेल्ने, माछा मार्ने बहानामा भारत पुगेर लागुऔषध ल्याउनेको संख्या पनि धेरै छ। तर, संवेदनशील अंगमा लुकाएर ल्याएको यी दुई घटना भने नयाँ रहेको उनले बताए।

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएसँगै दैनिकजसो कारोबारी र प्रयोगकर्ता पक्राउ पर्दै आएका छन्। झापामा मेचीनगर, बिर्तामोड र दमक क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र कारोबारी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। ०७७/७८ को १९५ वटा मुद्दामा  ३११ जना पक्राउ परेको डिएसपी थापाले जानकारी दिए।  

जब कि आर्थिक वर्ष ०७६/७७ मा १९० जना मात्र पक्राउ परेका थिए। ‘हामीले लागुऔषधविरुद्ध अभियान नै चलाएका थियौँ। सचेतनाका कार्यक्रम पनि गरेका थियौँ। अहिले कोरोना महामारीले बन्द छ,’ उनले भने, ‘लागुऔषधमा टिम नै खटाएर काम गर्दै छौँ। त्यही भएर पक्राउ, मुद्दा दर्ता र परिणाम पनि बढी देखिएको हो। समग्रमा झापामा सेवन गर्ने र कारोबार गर्नेको संख्या पनि बढेको छ।’