१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २८ बिहीबार
  • Saturday, 06 July, 2024
२o७८ श्रावण २८ बिहीबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

करिब आधा किलो अवैध सुनसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २८ बिहीबार o६:३३:oo

कैलालीको अत्तरियाबाट प्रहरीले चार सय ४९.७७ ग्राम अवैध सुन र ४९ हजार चार सय पाँच  रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना.८ख ८३४९ नम्बरको बस अत्तरियामा चेकजाँचका क्रममा अवैध सुन फेला पारेको हो ।

उक्त बसका कन्डक्टर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ३५ वर्षीय भवानी घिमिरेको साथबाट प्रहरीले अवैध ४९.९५ ग्राम सुनका बाला र अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलमा काम गर्दै आएका राजु विकको साथबाट तीन सय ४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो । पक्राउ परेका घिमिरेसँगको बयानका आधारमा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिको भएको खुलेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

सुनका बाला लिन आएका सिजापतिलाई समेत पक्राउ गरेर चेकजाँच गर्दा उनको साथबाट थप ४९.९५ ग्राम अवैध सुन फेला परेको प्रहरीले जनाएको छ । उक्त सुनको बिल नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । कन्डक्टर घिमिरेबाट बरामद भएको दुईवटा बालाको कतारको बिल रहे पनि घिमिरेसँग पासपोर्ट नभएकाले उक्त सुन पनि अवैध भएको प्रहरीले जनाएको छ ।

घिमिरेसँग रहेको २६ हजार दुई सय, विकसँग रहेको ६ हजार नौ सय पाँच र सिजापतिको साथबाट नगद १६ हजार तीन सय बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय नेपालगन्ज बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
 

ad
ad
ad
ad