मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २६ मंगलबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा भट्टराईले ओलीलाई संकेत गर्दै भने– फेरि पनि राजनेता फर्केर आउँछन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १२:२३:oo

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले केपी ओली राजनेता भएको भन्दै उनी पुन: फर्किएर आउने बताएका छन्। आज राष्ट्रिय सभा बैठकमा उनले सडक, सदन र सरकार सबैतिर ओलीकै मात्र चर्चा रहेको बताए।

उनले बैठकमा भने, ‘नेपालले विकासमा फड्को मार्छ, जनताको जीवन बदलिन्छ भन्ने थियो। जसबाट आशा गरिएका थियो उसलाई घेराबन्दी गरियो। गुटबन्दीबाट उसलाई हटाउने काम भयो। मुद्दा–मामिलाबाट हटाउने काम भयो। ढोकाबाट हाेइन, झ्यालबाट हटाउने काम भयो। आज जनताले पनि चोकचोकमा यही चर्चा गरेको पाउँछौँ। सडक, सदन र सरकार, सबै ठाउँमा  केपी ओलीको प्रभाव छ। वास्तवमा देशले एउटा राजनेता जन्माएको छ। र, त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन। फेरि पनि राजनेता फर्केर आउँछ भन्ने बुझ्न सकिन्छ।’