मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १३:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १३:४१:oo

सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल  निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल ४२५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो ।

‘४७ स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०८१/८२ मा ८४ स्थानीय तहमा चार अर्ब ४३ करोड पठाइसकेका छौँ,’ अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा ३९६ र दोस्रो चरणमा २६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले ३९६ स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । २६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको छैन ।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैँले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका आफैँले अस्पताल भवन बनाएको छ,’ अधिकृत खड्काले भने।

उनका अनुसार अहिलेसम्म ३९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र २६१ पलिकाका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।

०७७ मा  प्रधानमन्त्री केपी ओलीले पालिका तहमा पाँच, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए । त्यहीअनुसार ८० पालिकामा पाँच शय्याको, १५४ पालिकामा १० शय्या तथा ४२३ पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच शय्याका लागि रु. सात करोड ११ लाख ९८ हजार, १० शय्याका लागि रु. १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि रु. १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।