Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण २५ सोमबार ०६:४९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिसमा भेट्ने वाचा गरेर टोकियो ओलम्पिक समापन

Read Time : < 1 मिनेट
२०७८ श्रावण २५ सोमबार ०६:४९:००

 ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार समापन भएको छ । यसपटक जापानको टोकियो सहरले ओलम्पिक आयोजना गरेको थियो । गत वर्ष नै टोकियो ओलम्पिक हुनुपर्ने थियो । तर, कोरोना महामारीका कारण निर्धारित समयभन्दा एक वर्षपछि भएको हो । 

टोकियो सहरमा कोरोना महामारी, विरोध प्रदर्शन भइरहे पनि सीमित दर्शकबीच ओलम्पिक खेलकुद प्रतियोगिता दुई सातासम्म चल्यो । पेरिसमा पुनः भेट्ने वाचा गर्दै आइतबार ओलम्पिक रंगशालामा टोकियो ओलम्पिक समापनको घोषणा गरिएको छ । समापनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले पेरिसकी मेयर एनी हिङल्गोलाई ओलम्पिक झन्डा हस्तान्तरण गरेका छन् । समापन कार्यक्रमअघि नै रंगशालामा आत्तिस्बाजी भएको थियो । 

जापानमा पछिल्लो समय कोभिड संक्रमणको अवस्था निकै नाजुक भएका कारण समापनका क्रममा ओलम्पिक रंगशालामा थोरै खेलाडी, पदाधिकारी तथा पाहुना उपस्थित थिए । उद्घाटनमा जस्तै समापन पनि बन्द रंगशालाभित्र गरिएको थियो । आयोजक कमिटीले रंगशालामा सबै देशका खेलाडीहरूलाई मार्चपासमा सहभागी गराएनन् । 

अमेरिकालाई सर्वाधिक ३९ स्वर्ण
रंगशाला बाहिर सयौँ दर्शक प्रोजेक्टरमा समापन कार्यक्रम हेरेका थिए । सन् १९६४ मा टोकियोले पहिलोपटक ओलम्पिक आयोजना गरेको थियो । ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा उछिन्न सफल भएको छ । अमेरिकाले सर्वाधिक ३९ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहँदै टोकियो ओलम्पिक उत्कृष्ट बनाएको छ । 

शनिबारसम्म पनि चीन शीर्ष स्थानमै थियो । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण हात पार्‍यो । आयोजक जापानले २७ स्वर्ण जित्दै तेस्रो तथा बेलायत २२ स्वर्णका साथ चौथो स्थानमा रहेका छन् । २३ जुलाईबाट सुरु भएको ओलम्पिकमा ११ हजारभन्दा बढी खेलाडीले तीन सय ३९ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।