मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर प्रभु क्यापिटलले निष्कासन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:५२:००

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । 

सम्झौतामा हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेको जनाइएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि कुल जारी पुँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फन्डको समेत लगानी रहेको जनाइएको छ ।