मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार १०:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोंगबुबाट पेस्तोलसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार १०:११:००

नेपाल प्रहरीले काठमाडौंको गोंगबुबाट पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– २६ गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेस्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोंगबु बिजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शंका लागी पिछा गर्दा आरके रेस्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउन्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए । रासस