१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ श्रावण १९ मंगलबार o९:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङबाट एक वर्षमा एक सय दुईजना मानिस हराए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार o९:२२:oo

लमजुङबाट बर्सेनि मानिस हराउनेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा जिल्लाबाट एक सय दुईजना मानिस हराएका छन् । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भन्दा आर्थिक वर्ष ०७७/७८ मा हराउने मानिसको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गत आवमा जिल्लाबाट एक सय दुईजना मानिस हराएका थिए भने अघिल्लो आवमा ८६ जना मानिस हराएका थिए । 

आर्थिक वर्ष ०७६/७७ मा भन्दा गत आव ०७७/७८ मा १६ जना बढी मानिस हराएका छन् । आव ०७७/७८ मा हराएकामध्ये ८० जना सम्पर्कमा आएका छन् भने २२ जना अझै सम्पर्कविहीन छन् । आर्थिक वर्ष ०७७ /७८ मा जिल्लाबाट ९० जना महिला र बालबालिका हराएका छन् । जसमध्ये महिला ५४, बालिका १५ र बालक तीनजना मात्रै भेटिएका छन् । १६ जना महिला र दुईजना बालिका भेटिएका छैनन् । प्रहरीका अनुसार जिल्लामा आ.व ०७७/७८ मा सातजना पुरुष र पाँचजना ज्येष्ठ नागरिक हराएका छन् । जसमध्ये चारजना ज्येष्ठ नागरिक र चारजना पुरुष फेला परेका छन् । 

हराउनेमा महिला र बालबालिका बढी
जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । एक वर्षमा हराएका एक सय दुईजनामध्ये ७० जना महिला रहेका छन् भने १७ जना बालिका हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
 
भेटिए पनि प्रहरीमा खबर गरिँदैन

परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको प्रहरीले जनाएको छ । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको प्रहरीको अनुमान छ । प्रहरीले हराएका महिला तथा बालबालिकाको खोजीकार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलनाजस्ता कारणले गर्दा पनि मानिस बेपत्ता हुने गरेको डिएसपी कार्की बताउँछन् । बार इकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए । उनले भने, ‘विगतका वर्षदेखि नै लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।’
 

ad
ad
ad
ad