मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसकाे क्रियाशील सदस्यता छानबिन समितिमा कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:५५:००

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो। देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो।  

तर, प्रतिवेदन बुझाउने क्रममा समितिमा सहमति भने जुट्न सकेन। समितिका सदस्य कल्याण गुरुङले प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका छन्।  छानबिनको काम नसकिई, विवाद समाधान नभईकन प्रतिवेदन बुझाइएको भन्दै गुरुङले नोट अफ डिसेन्ट लेखेका हुन्। 

समितिले सुल्झन नसकेको क्रियाशील विवाद १५औँ महाधिवेशनका लागि थाती राख्ने गरी प्रतिवेदन बुझाएको बताइएको छ।