Skip This
किसानलाई नगरबाट ब्याज अनुदान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १४:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

किसानलाई नगरबाट ब्याज अनुदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:२६:oo

बाग्लुङको गलकोट नगरपालिका–५ की सबिना घर्तीलाई बैंकबाट ऋण लिएर कुखुरा र बंगुरपालनका लागि बनाएको योजना पूरा हुन सकेन । धितो राख्ने पर्याप्त मात्रामा सम्पत्ति नहुँदा ऋण निकाल्न सकिनन्, त्यसको एक वर्षपछि भने नगरपालिकाले ब्याजदर अनुदानको कार्यक्रम ल्यायो । उनले स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाबाट अनुदानप्राप्त सस्तो ब्याजमा ऋण लिइन् । अहिले व्यावसायिक रूपमा नै कुखुरा र बंगुरपालन गर्न सफल भएकी छिन् । 

नगरपालिकाले कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिएपछि अहिले घर्तीले व्यावसायिक सफलता हासिल गरेकी हुन् । व्यावसायिक रूपमा नै कृषिमा लगानी गर्नका निम्ति फर्म दर्ता गरेर नगरपालिकाले ल्याएको ब्याज अनुदानका निम्ति आवश्यक प्रक्रिया पु¥याएर ब्याज अनुदानमा २ लाख रुपैयाँ ऋण निकालेको घर्तीले बताइन् । 

घर्तीले अहिले ३ सय बोइलर कुखुरा र ८ वटा बंगुर व्यावसायिक रूपमा नै पालेकी छिन् । नगरपालिको उक्त कार्यक्रमअन्तर्गत नगरभरि ९७ जना किसानहरूले कृषिका लागि ब्याज अनुदान प्राप्त गरेका छन् । गलकोट नगरपालिकालाई कृषि तथा पशुपक्षीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । कृषिमा भविष्य खोज्दै गरेका, तर लगानी अभावमा समस्या परेका किसानहरूले अहिले धमाधम ऋण निकालेर लगानी थप्दै र नयाँ फर्म स्थापना गर्न थालेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । 

गरिब तथा विपन्न किसानले सोझै बैंक तथा सहकारीमा ऋण लिँदा धितो राख्नुपर्ने, ऋण नदिने, ब्याज धेरै हुँदा लगानी गर्न नसकेका किसानलाई नगरपालिकाले अनुदानमा ब्याज रकम तिर्ने गरी ऋण उपलब्ध गराएको उनको भनाइ छ । ब्याज अनुदान कार्यक्रमका लागि किसानले कुनै सम्पत्ति धितो राख्नुपर्दैन ।  आव ०७७/७८ मा सुरु भएको कार्यक्रम किसानलाई ब्याज दिने योजना निकै प्रभावकारी भएको नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । नगरपालिका क्षेत्रबाट २ सय ८५ जनाको निवेदन परेकोमा हालसम्म ९७ जनाले स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लगेका छन् । उनीहरूलाई नगरपालिकाले ब्याजमा अनुदान दिएको सुवेदीले बताए । १८ महिनाका लागि २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म फर्म धितो राखेर ऋण लगेर कृषि तथा पशु फर्म विस्तार गरेका छन् । 

सहकारीलाई ९.७ प्रतिशत ब्याजमा ऋण सम्झौता भएकोमा नगरपालिकाले ६.७ प्रतिशत ब्याज अनुदान दिँदै आएको र किसानले ३ प्रतिशत ब्याज आफँै तिर्नुपर्ने सुवेदीले बताए । हालसम्म सहकारीबाट नगरभित्र २ करोड ९७ लाख ऋण  लगानी भएको छ । 

ad
ad