१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ३१ बिहीबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई पे र दराजबीच भुक्तानी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o८:५१:oo

डिजिटल वालेट आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच डिजिटल भुक्तानी सम्झौता भएको छ । सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सम्झौता भएको हो । 

सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिंगले हस्ताक्षर गरेको जनाइएको छ । 

सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले ई–कमर्स कम्पनी दराज र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच भएको सहकार्यले नेपाल सरकारले अघिसारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

कोभिड–१९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने उनको भनाइ थियो । 

दराजले ग्राहकले साउन १ गतेबाट सुरु हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई आइफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्ने योजना ल्याएको छ । आइएमई पेका प्रयोगकर्ताले पनि दराजमार्फत खरिद गरेको सामानको भुक्तानी डिजिटल वालेटमार्फत उक्त योजनामा सहभागी हुन सक्ने जनाइएको छ । 
 

ad
ad
ad
ad