सगरमाथामा जेठ १६ गते फहराइएको एभरेष्ट बैंकको लोगोअंकित झन्डा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गरिएको छ । कम्पनीका ब्रान्ड फेससमेत रहेका आरोही मिङ्मा डेबिड शेर्पाले प्रमुख कार्यकारी अधिकृत सन्धीर कुमारलाई झन्डा हस्तान्तरण गरेका हुन् ।
झन्डा हस्तान्तरण कार्यक्रममा ग्रीष्मकालमा माउन्ट केटूको सफल आरोहण गरेका आरोही सोनाम शेर्पालाई सम्मान पनि गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरू केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थितिमा सम्मान गरिएको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा १ सय ३ शाखा, १ सय ३५ एटिएम तथा ३१ राजस्व संकलन केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ ।