मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २१ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o८:३२:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o८:३२:oo

एक सेठसित अपार धन सम्पत्ति थियो । तर, उनको मनमा कुनै शान्ति थिएन । एक दिन कसैले उनलाई सहरदेखि परको जंगलछेउको कुटीमा बस्ने एक साधुले सिद्धि प्राप्त गरेका हुनाले सबैको मनोकामना पूरा गर्न सक्ने सुनाइदिए । सेठ साधुको आश्रममा पुगे ।

उनले भने, साधु महाराज, मसँग धन, सम्पत्ति र भौतिक सुखको कमी छैन । तर, मनमा शान्ति छैन । त्यसैले म मनको शान्ति प्राप्त गर्न चाहन्छु । साधुले भने– ठीक छ, मैले जे गरे पनि तिमी चुपचाप हेर्दै जानू । कुनै प्रतिक्रिया नजनाउनू । यसबाट तिमीले मनको शान्ति हासिल गर्ने उपाय फेला पार्ने छौ । सेठले सहमति जनाए ।

दोस्रो दिन साधुले सेठलाई चर्को घाममा बसाए । आफू भने कुटीभित्र आरामले बसे । गर्मीले सेठ हैरान भए । तैपनि, चुपचाप सहे । अर्को दिन साधुले सेठलाई केही खान दिएनन् । तर, आफूले भने मिठामिठा परिकार खाए । यो सब देखेर पनि सेठ मौन नै रहे । 

तेस्रो दिन आक्रोशित हुँदै सेठ साधुको आश्रमबाट जान लागे । साधुले मुस्कुराउँदै सोधे– के भयो ? कता जान लाग्यौ ? सेठले भने– महाराज, म यहाँ ठूलो आशा लिएर आएको थिएँ । तर, तपाईंबाट मलाई निराश बनाउनुभयो । साधुले पुनः मुस्कुराउँदै भने– यी दुई दिनमा मैले तिमीलाई शान्ति प्राप्त गर्ने उपाय बताइदिएँ । पहिलो दिन मैले तिमीलाई चर्को घाममा राखेर आफू भित्र शीतल छायामा बसेँ ।

मेरो छाया तिमीलाई कुनै काम लागेन । दोस्रो दिन मैले तिमीलाई केही पनि खान दिइनँ । तर, आफूले भने अनेक तरहका व्यञ्जनको स्वाद लिएँ । मेरो खानाले तिम्रो पेट भरिएन । ठीक यसैगरी मेरो मनको शान्तिले पनि तिमीलाई काम दिँदैन । त्यसका लागि तिमी स्वयंले मिहिनेत गर्नुपर्छ । यसैबाट तिम्रो मनको शान्ति प्राप्त हुन सक्छ ।