१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ११ शुक्रबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ११ शुक्रबार १७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कोभिडका कारण २० हजारको तालिम प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ११ शुक्रबार १७:५९:oo

कोभिड– १९ का कारण शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले सञ्चालन गरेको तालिम प्रभावित भएको छ । तालिम लिने र सञ्चालन गर्ने संस्था छनोट भए पनि निषेधाज्ञाका कारण सम्झौता हुन ढिलाइ भएको हो । यसबाट छोटो अवधिका ४० किसिमका तालिम लिने २० हजार विद्यार्थी प्रभावित भएका छन् ।  

इभेन्ट (दोस्रो) परियोजनाअन्तर्गत चौथो वर्षमा करिब २० हजारलाई तालिम दिने लक्ष्य रहेको परियोजना निर्देशक चन्द्रकान्त भुसालले बताए । शिक्षा पत्रकार सञ्जालले शुक्रबार आयोजना गरेको कार्यक्रममा परियोजना निर्देशक भुसालले भने, ‘कोभिडको दोस्रो वेभका कारण तालिम सञ्चालन हुन सकेको छैन, अहिले सम्झौताको चरणमा छ ।’ समयमै तालिम सञ्चालन नभए पनि तालिम सञ्चालन हुने उनले बताए । गत वर्ष पनि कोभिडका कारण समयमा तालिम सम्पन्न भएको थिएन । सामान्य अवस्था भएपछि तालिम सम्पन्न भएको थियो । इभेन्टले नतिजामा आधारित र भौचरमा आधारित तालिम दिने गरेको छ । 

तीन वर्षमा साढे ४३ हजारलाई तालिम
इभेन्ट परियोजनाले गत तीन वर्षमा भौचरमा आधारित ४३ हजार आठ सय २३ जनालाई तालिम दिएको छ । अहिले चौथो वर्षको तालिम सञ्चालन हुँदै छ । परियोजनाको पाँच वर्षको अवधिमा ६९ हजार पाँच सयलाई तालिम दिने लक्ष्य छ । तालिममा विपन्न, महिला, पिछडिएका समुदाय प्राथमिकतामा पर्ने गरेका छन् । भौचर र नतिजामा आधारित गरी पाँच वर्षभित्र एक लाख १५ हजारलाई तालिम उपलब्ध गराउने लक्ष्य लिएको छ । 

इभेन्टको तालिममा सबैभन्दा बढी आकर्षण र टेलरिङ र ब्युटिसियनमा रहेको भुसालले बताए । गत वर्ष टेलरिङमा आठ हजार चार सय २८ र ब्युटिसियनमा पाँच हजर ५४ जनाले तालिम लिएका थिए । तीन महिना तालिम र त्यसपछिको ६ महिना रोजगारीमा लगाउनुपर्ने हुन्छ । पहिलो र दोस्रो वर्षमा ७५ प्रतिशत रोजगारी वा स्वरोजगार भएको निर्देशक भुसालले बताए । 

इभेन्टले यो वर्ष प्राविधिक एसएलसी (टिएसएलसी) भर्ना भएका विपन्नलाई प्रतिविद्यार्थी पाँच हजार पाँच सय ५० हजार र डिप्लोमा तहमा भर्ना भएकालाई डेढ लाख छात्रवृत्ति दिएको छ । 

ad
ad
ad
ad