Skip This
पोल ढलेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
गगन अयडी बाजुरा
२o८१ असार २२ शनिबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोल ढलेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १६:२o:oo

अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रुख ढलेर बिजुलीको पोल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।

शनिबार बिहान राष्ट्रिय प्रसारण लाइनअन्तर्गत साँफे–मार्तडी सडकखण्डको बुढाबगरमा पोल ढलेपछि अछामका केही स्थानसँगै बाजुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेशकुमार झाले जानकारी दिए।

उनका अनुसार अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ। साँझसम्म काम सकिए विद्युत् सेवा सुचारु गर्ने वितरण केन्द्रले जनाएको छ।

विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित हुनुका साथै टेलिफोन सेवासमेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनका अनुसार अछाम र बाजुराबाट जनशक्ति परिचालन गरी पहिरो पन्छाउने र पोल गाड्ने काम भइरहेको छ।