१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार ५ शनिबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता पौडेलद्वारा तनहुँ र लमजुङका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण 

Read Time : < 1 मिनेट
२०७८ असार ५ शनिबार १७:२१:००

कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ र लमजुङका ११ वटा पालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । शनिबार तनहुँको दमौलीमा दुवै जिल्लाका स्थानीय तहका प्रमुखलाई बोलाएर पौडेलले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

कन्सन्टे«टर, मास्क, स्यानिटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री लमजुङको मध्यनेपाल नगरपालिका र तनहुँका १० वटा पालिकालाई प्रदान गरेका हुन् । 

पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गइरहेकाले सुरक्षित रहन स्वास्थ्य सामग्री उपलब्ध गराएको पौडेलले बताए । ‘फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो’ उनले भने ।

प्रत्येक पालिकालाई एक–एक थान कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । फ्रन्टलाइनर स्वास्थ्यकर्मी, चिकित्सकलगायतलाई कोभिडबाट जोगिन सहयोग पुग्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहलाई पौडेलले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । पौडेलले ११ वटा स्थानीय तह, सामुदायिक अस्पताल र पत्रकार महासंघ तनहुँलाई स्वास्थ्य सामग्री शनिबार हस्तान्तरण गरेका हुन् ।