Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ २९ शनिबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको पनि दाबी 

Read Time : < 1 मिनेट
२०७८ जेठ २९ शनिबार १६:२८:००

प्रदेश सभामा विश्वासको मत लिन असफल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीमा पुनः दाबी गरेका छन् । विश्वासको मत पाउन असफल मुख्यमन्त्री गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । 

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका हुन् । एमालेका २७, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । 

पार्टीको कारबाहीमा परेका जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी प्रदेश कमिटीको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार जनमोर्चाका कृष्ण थापाले आफू दलको नेता रहेको र पार्टीको समर्थन गुरुङलाई रहेको पत्रसँगै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शंकर गौतम र पार्टीका गण्डकी प्रदेशका पूर्वसंयोजक अनिल परियारको पत्रसहित दाबी पेस भएको हो ।

गुरुङले दाबी पेस गर्नुअघि शुक्रबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्दै मुख्यमन्त्रीका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् । 

पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले शुक्रबार ३ बजेसम्मका लागि २४ घन्टाको समय दिएर आह्वान गरेकी थिइन् । 

६० सदस्य प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् ।