१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाको अवरोधपछि यो वर्ष पनि हुलाकी सडक निर्माणको काम अवरुद्ध

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo

पचुई क्षेत्रको १२ सय मिटर हुलाकी सडक निर्माणमा भारतीय पक्षले यो वर्षपछि अवरोध गरेपछि काम रोकिएको छ । अन्य क्षेत्रको काम भए पनि सो क्षेत्रको काम रोकिएको हो । कञ्चनपुरमा निषेधाज्ञा भए पनि ठूला विकास निर्माणका आयोजनाको काम भइरहेको थियो, तर त्यही मौकामा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सडक निर्माण कार्यमा अवरोध पुर्‍याएको छ । 
हुलाकी सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहीले भारतीय पक्षले यस वर्ष पनि काममा अवरोध गरेको बताए । उक्त ठाउँमा सडक निर्माण अन्तिम कालोपत्रे गर्न बाँकी थियो, ‘उनले भने, ‘भारतीय सीमा सुरक्षा बल(एसएसबी) बाट अवरोध भयो ।’ भारतीय पक्षले रिफ्रेन्स सीमा पिलर ३८ लाई सीमा पिलर मानेर पटक–पटक अनावश्क विवाद झिक्दै आएको छ । गत वर्ष पनि दुवै देशका अधिकारीबीच सडक निर्माण गर्न दिने सहमति भए पनि पटक–पटक भारतीय पक्षबाट हेपाहा प्रवृत्तिको उपज सडक निर्माण कार्यमा अवरोध पुर्‍याइएको छ । 

भारतीय पक्षले सो पचुई क्षेत्रको पूर्वतिर  १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरचिन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यमबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गर्दै आएको छ । भारतीय पक्षले फिल्मी शैलीमा आएर अवरोध गर्दा स्थानीयले भारतीय कदमको विरोध गरेका थिए । 

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नेपाली अधिकारीसँगको समन्वयमा तत्काल काम सुचारु गरिने बताए । ‘हामीले यस विषयमा पटक–पटक भारतीय पक्षसँग सहमति सम्झौता गरेका छौँ, ‘उनले भने, ‘भारतीय पक्षबाट फेरि पनि विवाद झिक्दै आएको छ । बेलौरी नगरपालिकाले उक्त सीमा विवाद उच्च तहबाटै समाधानका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ ।

भारतीय पक्षबाट वर्षैपिच्छे सडक अवरोधको विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले हुलाकी सडक आयोजनासँग विवादबारे पत्र पठाएको बताए । ‘हामीले विवाद केहो ? भनेर आयोजनासँग पत्र पठाएका छौँ, ‘प्रजिअ महतोले भने, ‘उत्पन्न विवादबारे भारतीय पक्षसँग समन्वय गरेर काम सुचारुका लागि पहल गछौँ ।’ 
 

ad
ad