मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २० बिहीबार
  • Wednesday, 09 July, 2025
हदिश खुद्दार काठमाडौं
२o७८ जेठ २० बिहीबार १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल सरकारको अदूरदर्शी निर्णयले प्रदेश २ मरुभूमि बन्ने र शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
हदिश खुद्दार, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २० बिहीबार १८:१५:oo

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल सरकारको अदूरदर्शी निर्णयले प्रदेश २ मरुभूमि भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको बताएका छन् । राउतले बिहीबार प्रेस विज्ञप्ति जारी गरी वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग रहेको बताएका छन् ।

उनले नेपाल सरकारलाई बजेट वक्तव्य सच्याउन आग्रह गरेका छन् । उनले नसच्याए तराई–मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने पनि उनले बताएका छन् ।