मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ ११ मंगलबार
  • Monday, 31 August, 2026
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ११ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्तमान र पूर्वसभामुखहरूको ठहर– प्रतिनिधिसभा विघटन असंवैधानिक (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ११ मंगलबार १६:o९:oo

वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ । सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी बैठकले सदनको अस्तित्व जनताको अस्तित्व भएको बताउँदै खेलबाड गर्न नहुनेमा जोड दिएको छ । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वसभामुख पौडेलले भने, ‘यो सदनबाट नै सबै समस्या समाधान खोज्नुपर्ने ठाउँमा आज योभन्दा बाहिर गएर समाधान खोज्नुपर्ने, अदालततिर गएर समाधान खोज्नुपर्ने जुन अवस्था सिर्जना गरियो त्यसप्रति हामीले चिन्ता व्यक्त ग¥यौँ । सदनबाटै राजनीतिक समस्याको निकास आउनुपर्छ, देशले निकास पाउनुपर्छ । सदनको अस्तित्व जनताको अस्तित्व हो । जनताको अस्तित्वमाथि कसैले पनि खेलबाड गर्न हुँदैन ।’

पूर्वसभामुख घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेमा सबै सभामुखहरूको धारणा रहेको बताइन् । ‘राजनीतिक संकटको निकास र सभामुखको भूमिकाको बारेमा सभामुखज्यूले बैठक बोलाउनुभएको थियो । यो प्रतिनिधिसभामाथि जे आक्रमण भयो, दुईपटक विघटन भयो, यो पूर्णतया असंवैधनिक छ,’ घर्तीले भनिन् ।