मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ५ बुधबार २o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अक्सिजनको कालोबजारी गर्ने तीन पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार २o:२o:oo

कोभिड– १९ को महामारीमा अक्सिजनको कालोबजारी गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट विदुर– ३ का ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुर हेटौँडा– ६ का ४२ वर्षीय नवराज खनाल र धादिङ गल्छी– २ का ४२ वर्षीय रामशरण अधिकारी रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले एक थान भरिएको सिलिन्डर बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूले १५ हजार रुपैयाँ पर्ने अक्सिजनको सिलिन्डरलाई ४१ हजार रुपैयाँमा बेच्दै आएका थिए । रंगेहात पक्राउ परेका उनीहरूलाई कलाबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।